मापसे गरी सवारी चलाउने सात सयको लाइसेन्समा प्वाल

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते २:४० मा प्रकाशित

मोरङ, १८ मंसिर– जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले मादकपदार्थ सेवन गर्ने सात सयको सवारीचालक अनुमतिपत्रमा प्वाल पारेको छ ।

licence-300x247

सवारी दुर्घटना न्युनीकरण गर्न प्रहरीले मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने सवारीचालकको अनुमतिपत्रमा प्वाल पार्न अभियान अन्तर्गत सात सय सवारीचालक अनुमतिपत्रमा प्वाल पारेको हो ।

ट्राफिक कार्यालय मोरङले मापसे जाँचलाई तीव्र बनाएपछि साउन महिनादेखि मंसिर १५ सम्ममा कारबाही स्वरुप सात सय सवारीचालक अनुमतिपत्रमा प्वाल परेको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक विजय श्रेष्ठले दिए ।

मादकपदार्थ जाँचबाट साढे चार महिनामा रु सात लाख राजस्वसमेत संकलन गरेको श्रेष्ठले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us