विदेश गएका युवाका कारण फैलियो एड्स

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते १२:२१ मा प्रकाशित

hivलहान, १७ मंसिर– विगत पाँच वर्षमा मा सिरहामा एचआइभी/एड्सको सङ्क्रमणबाट दश जनाको मृत्यु भएको छ ।
२०६६ माघदेखि २०७१ म्ंसिर पहिलो सातासम्म एचआइभी÷ एड्सबाट सङ्क्रमितमध्ये १० जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका एचआइभी÷एड्स समन्वय समितिका फोकलपर्सन सञ्जय साहले जानकारी दिए ।

यस्तै सिरहामा चालु आव २०७१÷७२ को साउनदेखि कात्तिकसम्मसातजना नयाँ एचआइभी एड्स सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

एचआइभी भिसिटी सेन्टरमा जाँच गराएका ६४ मध्ये पाँचजना महिला र दुईजना पुरुष गरी सातजनामा एचआइभी पोजिटिभ भेटिएको भिसिटी सेन्टरका काउन्सेलर शिवदयाल महतोले जानकारी दिए ।

योसँगै सिरहामा अब एचआइभी सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ ।  वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या जिल्लामा धेरै भएको र फर्केपछि स्वास्थ्य जाँच गराउने प्रवृति नभएकाले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्करलाल कर्णले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us