
काठमाण्डु, १७ मंसिर– राप्रपा नेपालले आगामी पुस ९ गते हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि झापाबाट सुरु गर्ने भनिएको मेची–महाकाली अभियानाका लागि विभिन्न २२ वटा उपसमिति गठन गरेको छ ।
केन्द्रीय कार्य सम्पादन समितिको बुधबारको बैठकले उपसमितिहरु गठन गरेको हो । रथयात्रा मर्यादित, व्यवस्थित र योजनाबद्ध ढंगबाट संचालन गर्न उपसमितिहरु गठन गरिएको सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । समान विचारधारा संघसंस्था समन्वय समिति
संयोजकमा केशर बहादुर विष्ट, रथ निर्माण समिति संयोजकमा राजीव पराजुली, आवास व्यवस्थापन समिति संयोजकमा चन्द्रबहादुर गुरुङ, भोजन व्यवस्था समिति संयोजकमा तारानाथ लुईटेल छन् ।
यस्तै अर्थ संकलन समिति संयोजकमा उद्धव पौडेल, सभा संचालन समितिमा संयोजक बृजलाल यादव, धार्मिक अनुष्ठान संचालन समिति संयोजमा डा.लोकराज पौडेल प्रचार सामग्री उत्पादन तथा वितरण संयोजकमा रविन चाम्लिङ राई, झाँकी निर्माण समिति संयोजमा दिनेश श्रेष्ठ, ट्राफिक व्यवस्थापन समितिमा संयोजकमा इन्द्र चित्रकार, उपत्यका परिचालन तथा संकल्प सभा समिति, विक्रम थापा, साँस्कृतिक तथा भजन व्यवस्थापन समिति संयोजकमा सयन्द्र बान्तवा, संचार माध्यम समन्वय समितिमा विष्णु भट्टराई र मोहन श्रेष्ठ, बन्दोवस्ती व्यवस्थापन समितिमा दिलिप बस्नेत, यात्रा व्यवस्थापन तथा सुरक्षा समितिमा भरत रायमाझी छन् ।
यस्तै राप्रपा नेपालले बाह्य जिल्ला परिचालन समिति संयोजकमा भास्कर भद्रा, सामाजिक संजाल परिचालन समिति मा राजाराम श्रेष्ठ, आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन समितिमा मुकुन्दश्याम गिरी, कलश शोभा यात्रा व्यवस्थापन समितिमा कुन्तीकुमारी शाही, स्वयंसेवक एवं युवा परिचालन समितिमा गणेश थापा, बौद्ध धर्म समन्वय समितिमा रेशम लामा किँरात धर्म समन्वय समिति भुपाल किँरातीलाई संयोजक तोकेको छ ।