प्रचण्ड हराउने सभासदले पत्ता लगाए चमेलियाको ५४ करोड भ्रष्टाचार

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ९:५८ मा प्रकाशित

rajan_kcकाठमाण्डु, १७ मंसिर– व्यवस्थापिका– संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनामा ५४ करोड भ्रष्टाचार भएको ठहर गरेको छ ।

समितिले भ्रष्टाचारमा संलग्न मन्त्री, सचिवसहित र नेपाल विद्युत प्राधिकरणका उच्च कर्मचारीलाई कारबाही गर्न अख्तियारलाई निर्देशनसमेत दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बुधबार बैठकले दार्चुलामा निर्धाणाधीन ३० मेगावाटको चलेसियाको भेरिएसन नम्बर ३ मा ५४ करोड भ्रष्टाचार ठहर गरेको सभापति जनादर्शन शर्माले बताए ।

समितिद्वारा गठित काँग्रेस सभासद् राजन केसी संयोजकत्वको उपसमितिले चमेलियामा भएको अनियमितताबारे छानबिन गरी प्रतिवेदन बुझाएको थियो । केसीको समितिेल भेरिएसनका साथै निर्मार्ण सामग्री खरिद, कर्मचारी तलब भत्ता लगायत शीर्षकमा  चरम अनियमितता भएको प्रतिवेदन बुझाएको छ ।

सन् २०११ मा ८ अर्बमा निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना अझै अधुरो छ । लागत बढेर १५ अर्ब पुगिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us