विमला तामाङलाई काँगेसको ५ लाख

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते १६:३५ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाली खेलकुद ‘एसियाड’ मा नेपाललाई एक मात्र कास्यपदक दिलाएकी कराँते bimala tamangखेलाडी विमला तामाङलाई पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ ।

नेपाली काँग्रेस सम्बद्ध नेपाल लोकतान्त्रिक खेलकुद संघ काठमाण्डु क्षेत्र नम्बर–१ सोमबार ले नगदसहित कदरपत्रद्वारा सम्मानित गरेको हो । काठमाण्डु–१ का सभासदसमेत रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले नगद तथा कदरपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सिंहले सानै उमेरमा एसियाडमा पदक जित्ने विमला राष्ट्रकै गौरव भएको बताए । विमलालाई आफ्नै निर्वाचन क्षेत्रमा सम्मान गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो ।

सम्मानित भएपछि विमलाले देशका लागि पदक जितेर विश्वसामु नेपाललाई चिनाउन पाउँदा खुशी लागेको बताइन । उनले आगामी एसियाडमा नेपाललाई स्वर्ण पदक दिलाउने लक्षका साथ मिहिनेत गर्ने उल्लेख गरिन् ।

बालाजु कराँते डोजोबाट खेल्दै आएकी धादिङकी १८ वर्षीया विमलाले कास्य पदकका लागि भएको भिडन्तमा उत्तर कोरियाकी खेलाडी जिबी काङलाई ५–० अंकले हराउँदै एसियाडमा नेपाललाई एक मात्र पदक जिताउन सफल भएकी  थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us