दुर्घटना रोक्न सडकमै पूजापाठ

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते ३:०२ मा प्रकाशित

भक्तपुर, १५ मंसिर– अरनिको राजमार्गअन्तर्गत सल्लाघारी क्षेत्रमा सडक दुर्घटना बढेपछि त्यसको न्यूनीकरणका लागि स्थानीय महिलाले रुद्री हवन पूजा गरेका छन् । सल्लाघारी क्षेत्रमा मात्र विगत तीन महिनामा पाँच जनाको मृत्यु भइसकेको छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि घटनामा कमी नआएकाले धार्मिक विधि र परम्पराअनुसार सडकको ग्रह शान्तिका लागि पूजा आयोजना गरिएको जनजागृति महिला समूहका अध्यक्ष भागीरथा सिटौलाले बताइन् ।

सल्लाघारी क्षेत्रमा दुर्घटनामा मृत्यु भएकाको आत्माले शान्ति नपाएर पनि दुर्घटना बढेको हो कि भन्ने महिला समूहको ठम्याइ भएकाले पनि हवनको आयोजना गरिएको उनले बताइन् । उनले भनिन्, ‘घरको गृह शान्तिपछि घरमा शान्ति भए जस्तै सडकको ग्रह शान्तिपछि दुर्घटनामा कमी आउने विश्वासले हवनको आयोजना गरिएको हो ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us