अमेरिकामा नेपाली युवाद्वारा आत्महत्या

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते १५:११ मा प्रकाशित

susiteन्युयोर्क– अमेरिकामा एक नेपाली युवाले आत्महत्या गरेका छन् ।

दाङ तुलसीपुरका मोहन वलीले न्युयोर्कस्थित आफू बस्ने गरेको इन्दिरा घर्तीमगरको अपार्टमेन्टको तेश्रो तलबाट हामफालेर आत्महत्या गरेको अमेरिकामा रहेका किशोर पन्थीले जानकारी दिए ।

पन्थीका अनुसार वली दुई वर्षअघि दलाललाई लाखौं रुपैयाँ खुवाएर अवैध बाटोबाट मेक्सिोको हुँदै अमेरिका पुगेका थिए । वली डिप्रेशनका बिरामी थिए । डिप्रेसन भएपछि उनी साथीहरुको सहयोगमा उपचारका लागि टेक्सासबाट न्यूयोर्क पुगेका थिए ।

दुई साताअघि मात्र अमेरिकाकै क्यालिफोनिर्यामा काठमाण्डुका क्षितिज श्रेष्ठले समुद्रमाथिको पुलबाट पुलबाट हामफालेर आत्महत्या गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us