एमाले सत्ता परिवर्तनको खेलमा: पुन

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ९:५८ मा प्रकाशित

पोखरा, १४ मंसिर– एकीकृत माओवादी सचिव वर्षमान पुनले सत्तारुढ दल भित्रैबाट सरकार परिवर्तनको खेल सुरु भएको barshamanआरोप लगाएका छन् ।
क्रान्तिकारी पत्रकार संघले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले एमाले सरकार परिवर्तनको खेलमा लागेको बताए ।

सार्क सम्मेलनअघि नै सरकार फेर्ने खेल सुरु भएको भन्दै उनले यो क्रमले थप निरन्तरता पाउने उल्लेख गरे ।

‘सत्तारुढ दलभित्रैबाट सरकार परिवर्तनको खेल सुरु भइसकेको छ’, पुनले भने, एमालेका नेताहरु सरकार परिवर्तनको खेलमा सक्रिय छन् ।’

एमालेका केही नेताले काँग्रेससँगको सहकार्य माघ ८ गतेसम्मका लागि मात्र भन्नु त्यसको प्रमाण भएको जिकिर गरे ।

अर्को एक फरक प्रसंगमा उनले दलीय सहमतिमा संविधान बने नेत्रविक्रम चन्दले गर्ने भनेको आन्दोलनको अर्थ नहुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us