पथरी, १४ मंसिर– विराटनगर उपमहानगरपालिकाका एक कर्मचारी दुई वर्षदेखि बेपत्ता भएका छन् ।
उपमहानगरपालिकाका नासु बालचन्द्र आचार्य बेपत्ता हुनुमा नगरपालिकाकै कर्मचारीको हात रहेको आचार्यकी श्रीमती चन्द्रकलाले आरोप लगाएकी छन् ।
नगरपालिकाका कार्यालय सहायक नर्वदा बस्नेतको विवादित जग्गा मुद्दामा नासु आचार्यले कानुनी सल्लाह दिएको भन्दै अपहरण भएको हुन सक्ने चन्द्रकलाले शङ्का व्यक्त गरिन् ।
नगरपालिकामा २० वर्षदेखि कार्यरत श्रीमान् कार्यालय समयमा नै बेपत्ता हुँदासमेत नगरपालिकाले खोजीमा कुनै चासो नदिएको पीडित आचार्यको गुनासो छ । रासस