सेमिफाइनलबाटै घर फर्कियो मनाङ

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते १५:५५ मा प्रकाशित

manangकाठमाण्डु, १३ मंसिर– डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब भुटानको थिम्पूमा जारी किङ्स कप फुटबलको सेमिफाइलनबाटै बाहिरिएको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा मनाङ बंगलादेशको शेख जमलसँग २–१ ले पराजित भयो । पराजयसँग ऊ सेमिफाइनलबाटै घर फर्किएको छ ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको मनाङले दोश्रो खेलमा अग्रता लिएको थियो । मनाङका लागि ५५ औं मिनेटमा सेड्रिक अबाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

बंगाली टोलीका लागि सकवात रोनीले ८५ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा पुर्‍याए ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us