काठमाण्डु, १३ मंसिर– चार महिनाअघि भएको एमाले नवौं महाधिवेशनमा अध्यक्षमा पराजित नेता माधवकुमार नेपाल जिल्ला अधिवेशनहरूमा भने बलियो देखिएका छन् ।
जिल्लाजिल्लामा पनि नवौं महाधिवेशनमा जस्तै अध्यक्ष केपी ओली र नेता नेपालका प्यानलको प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।
हासम्म पाँचथर, इलाम, रौतहट, सुर्खेत, बाँके र दैलेख गरी ६ जिल्लाकामा सकिएको छ ।
जिल्ला नेतृत्व आफ्नो पक्षमा ल्याउने योजनाअनुसार सकेसम्म अध्यक्ष आली आफैं र नभए आफूनिकट प्रतिनिधि जिल्ला अधिवेशनमा पठाएका थिए ।
इलाम जिल्ला अध्यक्षमा नेपाल पक्षमा राम राना विजयी भए । उनले ओली पक्षका गणेश बराललाई ६५ मतले पछि पारे । इलामको अधिवेशन उदघाट गर्न ओली आफैं गएका थिए । सुर्खेतको अध्यक्षमा नेता ध्रुवकुमार शाही निर्वाचित भएका छन् ।
मंसिर १ गते सम्पन्न मतगणनाको परिणाम अनुसार शाहीले २ सय ७७ मत प्राप्त गरे । उनले निवर्तमान अध्यक्षमेत रहेका ओली पक्षीय नवराज रावतलाई ६० मतले हराए ।
जिल्ला कमिटीको पदाधिकारीमा पनि नेपाल पक्षले बर्चश्व जमाएको छ । ताप्लेजुङमा पनि नेपाल पक्षधर बलबहादुर साम्सुहाङ अध्यक्ष निर्वाचित भएका छन् ।
नेता नेपालको गृहजिल्ला रौतहट अध्यक्षमा कमल राय यादवलाई निर्वाचित भएका छन् । उनी पनि नेता नेपाल पक्षधर मानिन्छन् ।
यादवले २ सय ४८ मत ल्याउँदा अध्यक्ष अर्का प्रत्यासी ओली पक्षधर जयचन्द्र पटेलले ८७ मत मात्र पाए ।
बाँकेको सातौं जिल्ला अधिवेशनले नेपालनिकट अशोक कोइरालालाई अध्यक्षमा निर्वाचित गरेको छ । उनले ओली पक्षधर पदम धिताललाई पराजित गरे । कोइरालाले ३ सय ३ धितालले २ सय ३६ मत ल्याए ।
दैलेखमा भने ओली पक्षले जित हात पारेको छ ।
केही दिनअघि सम्पन्न जिल्ला अधिवेशनबाट ओली पक्षीय रवीन्द्रराज शर्मा अध्यक्ष निर्वाचित भएका हुन् ।
शर्माले ३ सय ३० र उनका प्रतिद्वन्द्वी नेपाल पक्षका सूर्यबहादुर शाहीले ३ सय २६ मत पाए ।
तर उपाध्यक्ष प्रेमबहमादुर थापा, सचिव जंगबहादुर शाही र उपसचिव तीलक रिजाल भने नेपाल पक्षकै हुन् ।