स्कुलमै फाइट खेल्ने शिक्षक हटाउन माग गर्दै विद्यार्थीको ताला

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते ७:१४ मा प्रकाशित

इलाम, १३ मंसिर– सूर्याेदय नगरपालिकास्थित गणेश्वरी माविमा प्रधानाध्यापक र पूर्वप्रधानाध्यापकबीच विवाद बढेपछि उनीहरूलाई हटाउन माग गर्दै शुक्रबारदेखि विद्यार्थीले विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

पूर्व प्रधानाध्यापक जीतबहादुर राई र वर्तमान प्रअ मनोज शाहबीच हात हालाहाल भएपछि विद्यार्थीले उनीहरूलाई नहटाउञ्जेल तालाबन्दी गर्ने जनाएका छन् ।

दुवै प्रधानाध्यापकलाई छुटयाउने क्रममा शिक्षक ममता राई, करुणा ढकाल र पूर्ण अधिकारी सामान्य घाइते भएका छन् । प्रधानाध्यापकलाई प्रहरी चौकी आइतबारेले नियन्त्रणमा लिएको छ ।

यसअघि पनि उनीहरूबीच विवाद हुादा प्रहरीले मिलापत्र गरेको थियो । पटक–पटक प्रधानाध्यापकबीच भएको विवादले आफूहरूको पढाइमा गम्भीर असर परेको भन्दै विवाद साम्य नहुञ्जेल तालाबन्दी जारी राख्ने विद्यार्थीले जनाएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us