
स्पेनको चर्चित फुटबल क्लब बार्सिलोनामा खेल्ने अर्जेन्टिनाका स्टार लियोनल मेसी च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा सर्वाधिक बढी गोल गर्ने खेलाडी बनेका छन् ।
साइप्रसको क्लब एपोएल निकोसियाका विरुद्धको खेलमा मेसीले ह्याट्रिक गरेपछि उनी कीर्तिमान कायम गर्न सफल भएका हुन् । च्याम्पिएन लिगमा मेसीको गोलको संख्या ७४ पुगेको छ । यस खेलभन्दा अगाडि मेसी र रियल म्याड्रिडका पूर्व खेलाडी राहुल ७१–७१ को बराबरीमा थिए ।
निकोसियाका विरुद्धको खेलमा मेसीले ३८ औं, ५८ औं र ८७ औं मिनेटमा गोल गरी आफ्नो टिमलाई ४–० ले जित दिलाए ।