मेसीले गरे कीर्तिमानी गाेल

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते ११:२६ मा प्रकाशित
एजेन्सी– बार्सिलोना टिमका स्टार फुटबलर लियोनल मेसीले स्पेनिस लिगमा गए राति किर्तिमानी गोल गरेका छन्।
 Messi
सेभिलालाई ५–१ गोलले पराजित गर्ने क्रममा पछिल्लो तीन खेलमा गोल गर्न चुकेका मेसी ह्याट्रिक गर्दै स्पेनिस लिगमा अहिलेसम्मकै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन्। याे ह्याट्रिकसँगै उनले टेल्मो जाराको २५१ गोलको किर्तिमानी पनि बराबरी गरेका छन्।
योसँगै मेस्सीको नाममा अब स्पेनीस ला लिगामा सर्वाधिक २ सय ५३ गोल गरेको कीर्तिमान बनेको छ।उनले बार्सिलोनाका लागि कुल २ सय ५० खेलमै ला लिगाको उच्च गोलकर्ता बन्ने कीर्तिमान राखेका हुन् । मेस्सीले दुई हप्ता अघि मात्रै युएफा च्याम्पियन्स लिग फुटबलमा ७१ औं गोल गर्दै राउल गोन्जालेजको कीर्तिमानसँग बराबरी गरेका थिए ।
स्पेनीस लिगमा गोल मेशिनको उपाधि पाएका मेस्सीले एकै सिजनमा सर्वाधिक ६८ गोल गर्ने, एकै क्यालेण्डर वर्षमा सर्वाधिक ९१ गोल गर्ने, क्लवका लागि सबै प्रतियोगितमा गरी सर्वाधिक ३ सय ६८ गोल गर्ने, एकै सिजनको लिगमा
सर्वाधिक ८ ह्याट्रिक गर्ने, रियाल मड्रिडविरुद्धको चीर परीचीत भिडन्त एक क्लासीकोमा सर्वाधिक २१ गोल गर्ने तथा लिगमा लगातार २१ खेलमा गोल गर्ने जस्ता अनेकौ कीर्तिमान बनिसकेका छन् ।
बार्सिलोनालाई स्पेनीस, युरोपियन तथा विश्वस्तरीय क्लव च्याम्पियन बनाउन खेलेको भूमिकाकै कारण मेस्सीले चार पटक फिफा वर्ष खेलाडीको उपाधि जितिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us