जनकपुरधाम, ३ मंसिर– अघिल्लो वर्षको तुलनामा धनुषा जिल्लामा यस वर्ष अत्यधिक धान उत्पादन हुने भएको छ ।
चालु आर्थिक वर्षमा किसानले धनुषा जिल्लामा दुई अर्ब १८ करोड ३४ लाख रुपैंया मूल्य बराबरको ६२ हजार ६७० मेट्रिक टन धान उत्पादन हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ ।
किसानले चालु आर्थिक वर्ष २०७१÷७२ मा ६२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा करिब रु चार अर्ब ६५ करोड मूल्यबराबरको एक लाख ८६ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७०÷७१ मा धनुषामा ४४ हजार २०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा रु दुई अर्ब ४६ करोड ६६ लाख मूल्यबराबरको एक लाख २३ हजार ३३० मेट्रिकटन धान उत्पादन भएको थियो ।
अघिल्लो वर्ष अकाल परेकाले लक्ष्यअनुरुपको धान उत्पादन हुन नसकेको भए पनि चालु आर्थिक वर्षमा किसानले समयमा मलखाद पाएको, समयमा पानी परेको, रोगकिराको प्रकोप नदेखिएको तथा क्षेत्रफल पनि बढी भएकाले चालु आवमा धान उत्पादन बढी भएको योजना अधिकृत सुरेन्द्र गोइतले बताए ।
धुनषा जिल्लामा किसानले बास्मती, स्वर्णस ११, रामधान, मन्सुली, सुख्खा १, २, ३, राधा–१२, सोनामन्सुली, मधेदूत, सावित्रीजस्ता उन्नत जातको धान लगाउने गरेको छ
अनुकूल मौसमको कारण धनुषा जिल्लामा यस वर्ष प्रतिहेक्टर तीन मेट्रिकटनले धान उत्पादन भएको हो ।
रासस