
काठमाण्डु, १ मंसिर – सरकारले दरबारमार्गको याक एन्ड यती होटेलमा सञ्चालन भएको क्यासिनो रोयल बन्द गर्ने भएको छ । ‘क्यासिनो नियमावली २०७०’ विपरीत सञ्चालन भइरहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो बन्द गर्न गृह मन्त्रालयलाई शुक्रबार परिपत्र गरेको छ ।
मुलुकमा सञ्चालन विभिन्न १० क्यासिनोमध्ये रोयल मात्र दशैंअघिदेखि चलिरहेको थियो ।
नयाँ नियमावलीअनुसार नचलेको तथा वक्यौता तिर्नसमेत अटेर गरेको भन्दै सरकारले जेठदेखि सबै क्यासिनो बन्द गरेको थियो । नेपालमा मिनी क्यासिनो बाहेक नै १० वटा पाँचतारे होटेलमा १० वटा क्यासिनाे सञ्चालनमा थिए । अरु सबै बन्द भए पनि सर्वाेच्च अदालतको आदेशपछि रोयल असोज ३ देखि खुलेको थियो ।
काराेबार दैनिकबाट