भारतीय क्रिकेटर रोहित शर्माले रचे नयाँ किर्तिमान

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १२:४२ मा प्रकाशित

एजेन्सी, २७ कात्तिक – भारतीय ब्याट्सम्यान रोहित शर्माले एक दिवसीय क्रिकेटमा नयाँ र्कीतिमान राखेका छन्। शर्माले बिहीवार भएको श्रीलंका विरुद्धको खेलको एकै इनिङ्समा २ सय ६४ रन बनाउँदै नयाँ र्कीतिमानी कायम गरेका हुन्।

rohit-sharma-200pti-1403785435-2231135यसअघि भारतीय ब्याट्सम्यान वीरेन्द्र सेहेवागले २ सय १९ रन बनाउँदै नयाँ कीर्तिमानी राखेका थिए। मात्र १ सय ७३ बल खेलेका रोहितले ३३ चौका र ९ छक्का प्रहार गर्दै २ सय ६४ रनको नयाँ कीर्तिमानी राखेका हुन्। नयाँ कीर्तिमानी कायम गरेका रोहित एकदिवसीय क्रिकेटमा दोहोरो शतक जोड्ने तेस्रो भारतीय खेलाडीको सूचीमा समेत परेका छन्।

यसअघि एक दिवसीय क्रिकेटमा मास्टर ब्लास्टर सचिन तेन्दुलकरले सन् २०१० मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा दोहोरो शतक प्रहार गरेका थिए।

यस्तै सन् २०११ मा वेस्टइन्डिजविरुद्धको खेलमा वीरेन्द्र सेहवागले २ सय १९ रन जोडेर इतिहास रचेका थिए भने रोहितले नै सन् २०१३ मा अष्ट्रेलियाविरुद्धको एक दिवसिय खेलमा २०९ रन बनाउँदै दोहोरो शतक प्रहार गर्ने खेलाडी बनेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us