महोत्तरी, २७ कात्तिक – राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीले बर्दिवास बजारमा अनुगमन गरेर अवैध ढक तथा तराजु नियन्त्रणमा लिएको छ ।
मञ्चको महोत्तरी अध्यक्ष दीपेन्द्र पराजुली नेतृत्वको टोलीले बर्दिवासमा शनिबार र बुधबार सातामा दुईपटक लाग्ने बजारबाट ६४ थान अवैध ढक र दुई थान काठे डन्डी भएको तराजु नियन्त्रणमा लिएको हो ।
प्रहरी, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसहितको टोलीले २४ जनाले खाद्यवस्तु तौलिँदै गर्दा कम तौल भएको ढक र पासन (घटी–बढी भएको) डन्डीको तराजु नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका अवैध ढक र काठे तराजु आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ । रासस