
काठमाण्डु, २७ कात्तिक– विश्व चर्चित ब्राजिलियन पूर्वफुटबलर जेलेन्ड पेले अस्वस्थ भएका छन् ।
बिरामी परेपछि ७४ वर्षीय पेले उपचारका लागि साओ पाओलोस्थित एक अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्थाका बारेमा केही बताइएको छैन ।
यद्यपि स्वास्थ्य परीक्षण जारी रहेको चिकित्सकले बताएका छन् । सञ्चार माध्यमहरुका अनुसार उनलाई पेट दुख्ने समस्या देखिएको छ ।