
काठमाण्डु, २६ कात्तिक – एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई ५३ रनले पराजित गर्दै तेश्राे जित हात पारेकाे छ ।
११६ रनको चुनौती पाएकाे मलेसिया ३०.४ ओभरमा ६२ रन जोड्दा अल आउट भयो ।
टस जितेर पहिले व्याटिङ थालेको नेपालले ४० ओभरमा ११५ रन जोड्दा सबै विकेट गुमायो ।
यसअघिका खेलमा ३०० बढी रन बनाएर उत्कृष्ट प्रदर्शन गरेको नेपालले मलेसियाविरुद्ध भने राम्राे हुन सकेकाे थिएन ।
नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ३९ रन बनाए । सुनिल धमला १९, प्रेम तामाङ १६ र यागेन्द्र कार्की ११ रनमा आउट भए । प्रदिप ऐरी १२ रनमा अविजित रहे ।
अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सन्दिप सुनार ५, शौरभ खनाल ३, शंकर राना २ रनमा आउट भए । आरिफ शेख, सुशील कँडेल र अर्जुन चापागाईंले खाता नै खोल्न सकेनन् ।