अभियुक्त नै महाप्रबन्धक !

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते २:०७ मा प्रकाशित

shivjee_roy_yadavकाठमाण्डु, २५ कात्तिक– बैंकिङ कसुरमा मुद्दा खेपिरहेका र पदावधि सकिएका एनआईडीसी विकास बैंकका पूर्वमहाप्रबन्धक शिवजीराय यादव अझै उक्त संस्थाको महाप्रबन्धक र सञ्चालकका रुपमा काम गर्दै आइरहेका छन् ।
एक वर्षअघि पदावधि सकिएका ,राष्ट्र बैंकबाट जरिवानमा परेका र बैंकिङ कसुरमा मुद्दा खेपिरहेका यादव एनआईडीसी बैंकको कार्यकारी प्रमुख बनेर काम गर्दा पनि सरकारले कुनै हस्तक्षेप गरेको छैन ।
पूर्ण सरकारी स्वामित्वको उक्त बैंकको सञ्चालक समिति, राष्ट्र बैंक र सरकारका पदाधिकारीलाई प्रभावमा पारेर उनी गैरकानुनी रुपमा कार्यकारी प्रमुख र सञ्चालक भई काम गरिरहेको देखिएको छ ।

यादव एनआइडीसी विकास बैंकको तर्फबाट तत्कालीन एनआईडीसी विकास क्यापिटल मार्केटको सञ्चालक समित अध्यक्ष छँदा १२ करोड रुपैयाँ घोटाला गरेको अभियोगमा तत्कालीन सञ्चालक समितिका सबै २१ जना सदस्यमाथि बैंकिङ कसुर मुद्दा अझै किनारा लागसकेको छैन ।

राष्ट्र बैंकले यादवसहित १४ सञ्चालकलाई जनही पाँच लाख रुपैयाँ जरिवाना गरिसकेको छ।

स्रोतका अनुसार यादवले राष्ट्र बैंकले जरिवाना गराएको पत्र अझै बुझेका छैनन् । राष्ट्र बैंक ऐन ,२०५८ को दफा १०० अनुसार पत्र बुझेमा यादब स्वतः निलम्बनमा पर्छन् ।

राष्ट्र बैंकका उच्च कर्मचारीको आशिर्वादमा उनी कारबाहीबाट बच्दै आएको स्रोतले बतायो ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us