आर्थिक विकासको बाटोलाई संविधानले रोक्दैन : अर्थमन्त्री

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक – अर्थमन्त्री रामशरण महतले आर्थिक विकासबाट नै देशको समग्र विकासमा सहयोग पुग्ने भएकाले अर्थतन्त्रको बाटो कुनै पनि बहानामा रोक्न नहुने बताएका छन् ।

ramsharanबोस्टर मिडियाको प्रथम वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले संविधान आउँला र आर्थिक विकास गरौँला भन्ने पछौटे सोचमा लाग्न नहुने र राजनीतिक विवादमा सबै क्षेत्र रोकिन नहुने धारणा राखे ।

अर्थमन्त्री महतल भने, ‘कडा परिश्रम नगरीकन देशको विकास हुन सक्दैन, त्यसैले सबै क्षेत्रले सकारात्मक सोच बनाएर आर्थिक विकासमा लाग्नुपर्छ र सरकार र निजी क्षेत्रले आर्थिक विकासमा ठूलो लगानी गर्नुपर्छ ।’

विधि र प्रक्रियाद्वारा संविधान जारी गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री महतले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई उपलब्धिका रूपमा लिँदै निकासको बाटो खोज्न ढिलाइ गर्न नहुने उल्लेख गरे ।

बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुङ्गानाले सञ्चार क्षेत्रको योगदानको मूल्याङ्कन गर्दै आगामी दिनमा विकासको पाटोमा आफ्नो संस्थाले विशेष जोड दिने उल्लेख गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us