खेलाडी उपाधि जितेकाे जित्यै, संस्थामा सधैं किचलो

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १२:५९ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक – सरकारले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)लाई विघटन गरेको छ ।

can-cricketबिहिबार बसेको मन्त्रिपरिषदको बैठकले विनयराज पाण्डेको संयोजकत्वमा नयाँ तदर्थ समिति गठन गरेको हो ।

उपाध्यक्षमा श्रीहर्ष कोइराला र महासचिवमा रमेशकुमार सिलवाल चयन भएका छन् ।

क्यान अपारदर्शी र अव्यवस्थित भएको भन्दै आलोचित हुदै आएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा आजको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको थियो ।

क्यानमा भएको भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us