चितवन, १७ कात्तिक– चालकको लापरबाहीले सवारी दुर्घटनामा सर्वसाधारणको ज्यान जान थालेपछि प्रहरीले राजमार्गमा गाडीको गति मापन गर्ने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अत्यधुनिक यन्त्रसहित राजमार्ग क्षेत्रमा गाडीको गति मापन गर्न सुरु गरेको हो । प्रहरीले ल्याएको अत्याधुनिक यन्त्र (स्पिड मिटर) मार्फत गति नाप्न थालिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका नायब निरीक्षक रामचन्द्र घिमिरेले तोकिएभन्दा बढी गतिमा गाडी चलाउनेमाथि कडा कारबाही हुने बताए ।
गति मापन यन्त्र प्रयोगमा आएपछि कयौं सवारी कारबाहीमा परिसकेको घिमिरेले जानकारी दिए ।