मोबाइलबाट चिनचान, होटलमा यौन शोषण, भारतमा बिक्री गर्न खोज्दा प्रहरी खोरको बास

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते १३:३३ मा प्रकाशित

नेपालगञ्ज, १७ कात्तिक– पहिला यौन शोषण गरेर पछि भारत बेच्न लाँदै गरिएकी एक किशोरीको प्रहरीले उद्दार गरेको छ ।

जाजरकोट जक्तिपुरकी १६ वर्षीया एक किशोरीलाई बिक्रीका लागि भारत लैजाँदै गर्दा बाँके प्रहरीले भारतीय सीमाबाट उद्दार गरेको हो ।

उनलाई डोल्पा सु गाविसका ४० वर्षीय शुद्ध बोहोराले यौन शोषण गरी बेच्न खोजेका थिए । मोबाइल सम्पर्कका आधारमा चिनजान भएको र बिबाह गर्ने भन्दै नेपालगन्ज हुँदै  भारत लान लागिएको अवस्थामा उद्धार गरिएका प्रहरीले जनाएको छ ।

पीडित युवतीले बोहराले आफूलाई विभिन्न होलटमा राखेर पटकपटक जबर्जस्ती यौन शोषण गरेको बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us