१० जनाको ज्यान लिने चालकविरुद्ध ज्यान मुद्धा

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते १३:२२ मा प्रकाशित

Bus_Accidentहेटौंडा, १७ कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको बसामाडी– २ वस्तीपुरमा बस ठोक्काएर दुर्घटना गराउने चालकविरुद्ध ज्यान मुद्धा दर्ता गरिएको छ ।

प्रहरीले चालक हेटौंडा नगरपालिका–१५ का ३१ वर्षीय राकेशसिंह तामाङविरुद्ध जिल्ला अदालत मकवानपुरमा आइतबार ज्यान मुद्धा दर्ता गराएको हो । कसुर ठकर भएमा उनले दुईदेखि १० वर्षसम्म जेल बस्नुपर्नेछ । तामाङलाई जिल्ला अदालत मकवानपुरले हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ ।

तामाङले चलाएको काठमाण्डुबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको बसले इलामबाट काठमाण्डु आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको बसलाई शनिबार बिहान ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा बस साहुसँगको विवादपछि चालकले लापरबाहीपूर्वक बस चलाएकाले दुर्घटना भएको प्रहरीले अनुसन्धानले औंल्याएको छ ।  तामाङलाई प्रहरीले पशुपतिनगरस्थित ससुराली घरमा लुकेर बसेका बेला  आइतबार पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us