चीनबाट आयो कोइली जहाज, पण्डितले पूजा गरेर जहाज भित्र्याए

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक– नेपाल वायुसेवा निगमले चीनबाट दोस्रो जहाज खरिद गरेको छ ।
निगमको वाई १२ जहाज आइतबार दिउँसो चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  जहाजको स्वागत गर्न नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताइ, पर्यटन सचिव सुरेशकुमार श्रेष्ठ लगायत निगमका उच्च अधिकारी विमानस्थल पुगेका थिए ।

Nepal Airlines Twin Otter Arrivesजहाज अवतरण हुने बित्तिकै नेपाली वैदिक परम्पराअनुसार पण्डितले पूजाआजा गरेका थिए । जहाज चिनिया पाइलटद्धय क्याप्टेन रावर्टस ल्याम्वर्टस र मारिया एभिचन्द्रोन्कले चलाएर ल्याएका थिए । जहाज चीनको चेन्दु, मण्डेला, कोलकत्ता हुँदै काठमाण्डु आएको हो । चीन सरकारको अनुदानमा आएको यो दोश्रो जहाज हो । यसअघि अनुदानकै एमए–६० जहाज गत वैशाख १४ मा नेपाल आइपुगेको थियो ।

वाई–१२ जहाज गत असार ३० मै नेपाल आइपुग्नुपर्नेमा तीन महिना ढिला आएको हो । ।  १८ सीट क्षमताको यो जहाजलाई प्राधिकरणले ‘‘९ एन– एके एस’ कलसाइन दिएको छ । जहाजको नाम ‘कोइली’ राखिएको छ । निगमले १० दिनभित्र प्राधिकरणबाट एओसी प्रकृया पूरा गरी व्यवसायिक उडान थाल्ने लक्ष्य राखेको छ । जहाजले नेपालका सबै दुर्गम स्थानमा उडान भर्न सक्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us