श्रीमती हत्यार गरेर भागेका दलबहादुर पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते १०:०४ मा प्रकाशित

तेह्रथुम, १७ कात्तिक-श्रीमतीको हत्या गर्ने ताप्लेजुङको फुङ्लिङ घर भई तेह्रथुमको म्याङ्लुङ-५ बस्ने दलबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार सामान्य घरायसी झगडा हुँदा मादक पदार्थ सेवन गरी दलबहादुरले ३० वर्षीया श्रीमती विमला सार्कीलाई खुकुरी प्रहार गरेर हत्या गरी घरभित्र राखेेको पाइएको प्रहरीले जनाएको छ ।

घरमा सुनसान देखेपछि छरछिमेकीले खोज्दै जाँदा मृतक विमलाको शव घरभित्रै भेटेपछि प्रहरीलाई खबर गरेका थिए । छरछिमेकीको उजुरीका आधारमा दलबहादुरलाई जिल्ला कारागार नजिकैबाट पक्राउ गरिएको तेह्रथुम जुप्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विदुरकुमार गौतमले जानकारी दिए ।

मृतकको शवको जिल्ला अस्पताल तेह्रथुममा परीक्षण गरिएपछि मृतकका आफन्तले दाहसंस्कार गरिसकेका छन् ।

परीक्षणबाट महिला तीन महिनाको गर्भवतीसमेत रहेको देखिएको छ । मृतकका एक डेढ  वर्षीय  छोरासमेत  छन् । रासस

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us