
काठमाण्डु, १६ कात्तिक – नेपाल क्रिकेट सङ्घ (क्यान) ले कुवेतमा सञ्चालन हुने एसिसी उन्नाइस वर्षमुनी (यु–१९) प्रिमियर ट्रफी क्रिकेट प्रतियोगिताको लागि आइतबार १४ सदस्यीय खेलाडी छनोट गरेको छ ।
यही कात्तिक १९ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको क्यानले जनाएको छ । त्यस्तै वैकल्पिकमा चार खेलाडी छनोट भएका छन् ।
छनोट हुने खेलाडीमा टिम कप्तानको जिम्मेवारी राजु रिजालले पाएका छन् भने आरिफ शेख उपकप्तान रहेका छन् । आरिफले सिनियर राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् ।
त्यस्तै इर्साद अहमद, आशिष धामी, शङ्कर राना, प्रेम तामाङ, सौरभ खनाल, सन्दिप सुनुवार, योगेन्द्र कार्की, सुशील कँडेल, सुनिल धमला, दिपेश श्रेष्ठ र अर्जुन चापागाईं छन् ।
यसैगरी वैकल्पिकतर्फ निरज मुखिया, हेमन राई, कुशल भुर्तेल र राजविर सिंह छन् ।