
काठमाण्डु, १६ कात्तिक– घरेलु मैदानमा भएको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जारी सिजनमा पहिलोपटक नमिठो हार व्यहोरेको छ ।
गएराति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग १–० ले पराजित भएको हो । अप्रत्यासित हारसँगै बार्सिलोना समूहको शीर्ष स्थानबाट तल झरेको छ । स्टार खेलाडीहरु नेयमार, मेस्सी र स्वारेजले गोल गर्ने पटकपटकको अवसर गुमाएका थिए ।
जारी लिगमा १० खेलको समाप्तीमा रियल म्याड्रिड २४ अंककासहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिडको २३ अंकका साथ समूहको दोस्रो तथा हारसँगै बार्सिलोना २२ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।
लिगको अर्को खेलमा डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिडले कोर्डोबालाई ४– २ गोल अन्तरले हराएको छ ।