
काठमाण्डु, १५ कात्तिक– नेपालका सोमपाल कामी एसियन क्रिकेट काउन्सिल ‘एसीसी’ को एसियन गेम्स टीममा पर्न सफल भएका छन् ।
एसीसीले शनिबार टिममा कामीलाई मनोनयन गरेको हो । महिला र पुरुष गरी ११ जनाको नाम चयन भएकामा नेपालका सोमपाल परेका हुन् ।
१८ वर्षीय सोमपाल फास्ट बलरका रुपमा चिनिन्छन् । सोमपालले श्रीलंकाका लाहिरु थिरिमानेको कप्तानीमा खेल्नेछन् । यसअघि नेपालका कुनै पनि खेलाडी उक्त टिममा परेका थिएनन्