भारतीय रुपैयाँको अभावमा नेपाली ठगिँदै

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ३:४९ मा प्रकाशित

rupeeगौशाला, १५ कात्तिक-  भारतीय रुपैयाँको अभावमा अहिले महोत्तरीका नेपाली ग्राहक भारतीय बजारमा ठगिन बाध्य भएका छन् ।
महोत्तरीका सीमासँग जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, सीतामढी, मधवापुरलगायतका बजारमा नेपाली रुपैयाँको ठूलो अवमूल्यन गरेर व्यापारीले नेपाली ग्राहकलाई ठगिरहेका छन् ।

भारतीय बजारमा सर सामान खरिद गर्न पुगेका नेपालीसँग भारतीय व्यापारीले १०० भारुको सट्टा १६६ देखि १६८ सम्म नेपाली रुपैयाँ लिने गरेको जलेश्वर–४ का शिवचन्द्र चौधरीले बताए ।

त्यस्तै बनौली–४ बस्ने वैद्यनाथ चौधरीले आफूले सीमापारीको बजारमा गएर १०० भारुका लागि १६६ नेपाली तिरेको बताए ।

महोत्तरीको सीमासँग जोडिएको विभिन्न भारतीय बजारमा दैनिक पाँच हजारभन्दा बढी नेपाली ग्राहक जाने गर्दछन् भने दैनिक रु दुई करोडभन्दा बढीको सर सामान खरिद गर्ने गरेको भारतीय व्यवसायीले स्वीकारेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us