काठमाण्डु , १४ कात्तिक – नेपाली कांग्रेस नेतृ सुजाता कोईरालाले नेपाली क्रिकेट टोलीलाई बधाई दिएकी छन् ।
बिहिबार राजधानीमा संचारकर्मीसंग कुरा गर्दै उनले नेपालले हात पारेको सफलताले समग्र राष्ट्रकै मनोबल उच्च भएको बताइन् । नेपाली क्रिकेट खेलाडीले आवश्यक स्रोत र साधनको अभावमा प्राप्त सफलताले आफूलाई खुसी तुल्याएकाे उल्लेख गरिन् ।
संचारकर्मीसंग कुरा गर्दै नेतृ कोईरालाले राज्यले खेलाडीको समस्या बुझी आवश्यक सहयोग गर्नु पर्ने र पाँचै विकास क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको निमार्ण गर्नु आवश्यक रहेको उल्लेख गरिन् ।