केपी ओली र चमेरो डनबीच विशेष सम्बन्ध रहेको खुलासा

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ४:५४ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– एमाले अध्यक्ष केपी ओलीमाथि पर्टीभित्रैबाट डनहरुको संरक्षण गरेको आरोप लाग्दै आएकाे छ ।
kp oli-chameroनवौं महाधिवेशनका बेला उनका प्रत्यासी माधवकुमार नेपालले पटकपटक ओलीमाथि डनवाद, धनवाद र गनवादको आरोप लगाएका थिए । हुन पनि बेलाबेलामा ओलीले गुण्डा नाइके भनेर चिनिएकाहरुको सन्दर्भमा विवादास्पद व्यवहार र अभिव्यक्ति दिने गरेका छन् ।

एक वर्षअघि धादिङ सल्यानटारमा भएको एक कार्यक्रममा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका दिनेश अधिकारी ‘चरी’ सँग एउटै मञ्चमा भाषण गरेको विषय समाचारमा आयो । ओलीले त्यसलाई मिडियाले जथाभावी लेखेको भन्दै चरीलाई आफूले नचिनेको प्रतिक्रिया दिए ।

ओली सोही दिन काठमाण्डु फर्किए । उनको पछिपछि आउँदै गरेका चरीमाथि उनकै पूरानो समूह राधे भण्डारीको समूहले थानकोटमा गोली प्रहार गर्‍यो । चरी घाइते भए । अघिल्लो दिन चरीलाई नचिनेको बताएका ओली भोलिपल्ट बिहानै घाइते चरी भेट्न शिक्षण अस्पताल पुगे ।

त्यतिखेर उनको पार्टीभित्र र बाहिर निकै ठूलो आलोचना भएको थियो । चरीको प्रहरी इन्काण्टरमा हत्या गरिुमा ओलीसँगकै खटपट मुख्य कारण रहेको ठान्नेहरु धेरै छन् । पछिल्लोपटक संगठित गुण्डागर्दीको आरोपमा चितवनमा पक्राउ परेका प्रकाश रेग्मी उर्फ ‘चमेरो’ सँग पनि उनको विशेष सम्बन्ध रहेको खुलासा भएको छ । पक्राउ पर्नुअघि चमेरोको ओली निवास बालकोटामा बाक्लो आउजाउ हुने गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार ओलीले चमेरोलाई चरीपछि हात नै मान्ने गरेका छन् । । ‘प्रकाश दाई र ओलीबीच राम्रो सम्बन्ध छ, काठमाण्डु आएका बेला हरेकपटक भेटेरै फर्कने गर्नुभएको छ’, चमेरो ग्रुपका एक सदस्यले काठमाण्डु टुडेसँग भने, ‘ओलीले पनि एकदमै विश्वास गर्नुहुन्छ ।’

उक्त कुरा चमेरोको फेसबुकबाट पनि पत्ता लाग्छ । चमेरोले आफ्नोफेसबुकमा बालकोटमा ओलीसँग खिचेको तस्वीर राखेका छन् ।
चमेरो पक्राउ  परेपछि ओलीले उपप्रधान तथा गहृमन्त्री बामदेव गौतमलाई उनलाई छाड्न निर्देशन दिइसकेका छन् । प्रहरीले भने सार्वजनिक अपराध एनेअन्तर्गत चमेरोविरुद्ध मुद्धा दर्ता गरिसकेकाले छाड्न नमिल्ने बताएको छ । चितवन प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले दबाबको भरमा कारबाही नगरी नछाड्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us