कान सुन्नै छाडे पशुपतिशमशेर, जतिबेला पनि निदाउने समस्या

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ३:१३ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा राम्रोसित कान नसुन्ने र बढी निन्द्रा लाग्ने समस्याका कारण गम्भीर बिरामी परेका छन् ।
Pashupati-Shamsher-Ranaरोगले बढी नै सताएपछि अध्यक्ष राणा उपचारका लागि सिंगापुर गएका छन् ।
उनले आफ्नो रोगबारे पार्टीका नेताहरुलाई जानकारी गराएका छैनन् । गत आइतबार उनी सिंगापुर गएका हुन् । सिंगापुरमा उपचार गरेर उनी आगामी आइतबार नेपाल र्फकँदै छन् । उनीसँगै उनकी पत्नी पनि सिंगापुर गएकी छन् ।
अध्यक्ष राणालाई लागेको रोगबारे राप्रपामा गुपचुप राखिएको छ । राणाले दुबै कानमा श्रवणयन्त्र जोडेका छन् । तर, तिनले पनि प्रभावकारी रुपमा काम नगरेपछि उनलाई कानको समस्याले झनै पिरोलेको हो ।
कानको समस्या बढेपछि यसको असरले उनलाई बढी निन्द्रा लाग्ने समस्या पनि थपिएको छ । केही समययता उनलाई दिउँसो पनि निदाउनुपर्ने बाध्यता आएको राणानिकट स्रोतले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us