चितवनका ६ किसानलाई राष्ट्रपति कृषक पुरस्कार

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ४:५८ मा प्रकाशित

चितवन, ३१ असोज– चितवनका ६ कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरिएका छन् ।
२४ औं विश्व खाद्य दिवसको अवसर पारेर जिल्ला कृषि विकास कार्यालयले बिहीबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।
कृषितर्फ सम्मानित हुनेमा एब्लुम फ्लोरा फार्म चितवन नगरपालिका–७ का प्रकाश पन्त, जय अम्बे मल्टी एग्रो पदमपुरका यज्ञप्रसाद सुवेदी, सुन्तला कृषक दारेचोक–४ का हरिबहादुर नेपाल छन् ।
त्यस्तै पशुतर्फ कृषि पशुपालन फार्म गीतानगर–६ का खगराज पाठक, अधिकारी गाई फार्मका कुलानन्द अधिकारी, सौगात एनिमल र्फम भरतपुर–८ का वेदप्रसाद सापकोटा छन् । सम्मानित हुने कृषकले नगद १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us