आरोप प्रमाणित नभए उजुरी हाल्ने पदाधिकारी नछाड्ने थापाको चेतावनी

काठमाण्डु टुडे २०७१ असोज ३० गते १२:०६ मा प्रकाशित

काठमाण्डु, ३० असोज – अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले नेपाली फुटबललाई तहसनहस बनाउन लेखा समितिमा उजुरी हाल्ने पदाधिकारीलाई नछोड्ने चेतावनी दिएका छन् । साथै , एन्फामा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियारलाई स्वागत गरेका छन् ।

ganesh thapaएन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार पत्रकार सम्मेलन गरेर एन्फा अध्यक्ष थापाले एन्फा अध्यक्ष थापाले अनियमिताको प्रमाणित भए आफूहरुमाथि भ्रष्टाचारको आरोप लगाउने एन्फाका चार पदाधिकारी पनि दोषी हुने बताए । व्यक्तिगत महत्वकांक्षा पूरा गर्न नेपाली फुटबललाई तहसनहस पार्न खोजिएको भन्दै थापाले लेखा समितिमा उजुरी दिने एन्फा पदाधिकारीलाई आजीवन क्षमा नदिने बताए ।

५८ करोड होइन, एक रुपैयाँ अनियमितता भएको प्रमाणित गरेर देखाउनुस्, एक मिनेट पनि बस्दिन ।’

प्रारम्भीक छानविनकै भरमा आफूहरुलाई निलम्बन गर्न भनिएको भन्दै उनले तत्काल छानविन निष्कर्षमा पुर्याकउन आग्रह गरे ।

लेखा समितिको निर्णय आफूहरु मान्ने भएपनि आफूहरु अन्यायमा परेको उनले बताए । उनले भने-‘सार्वभौमसत्ताका नाममा हामीलाई अपमानित गर्ने काम भो । फुटबललाई तहस नहस गर्ने प्रयास भयो ।’

पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधान लगायतले आफूहरुले गरेको कमजोरी देखाउन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us