काठमाण्डुको तारकेश्वरमा कारभित्र महिलाको शव

काठमाण्डु टुडे २०८३ साउन ९ गते १८:२४ मा प्रकाशित

काठमाण्डु– काठमाण्डुको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र मृत फेला परेकी छन् ।

तारकेश्वर–१ कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र शनिबार महिला मृत भेटिएकी हुन् ।

मृतक तारकेश्वर–९ शुभकामना चोक बस्ने ४१ वर्षीया रश्मी रिजाल रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवन भट्टराईले रश्मीको शव जलेको अवस्थामा भेटिएको बताए ।

‘कारको पछाडिको सिटमा जलेको अवस्थामा शव भेटिएको छ’, भट्टराईले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us