तीन प्रदेशको एमाले र दुई प्रदेशको नेतृत्व नेकपाले गर्ने

काठमाण्डु टुडे २०८३ साउन ९ गते १८:१८ मा प्रकाशित

काठमाण्डु– एमालेले तीन र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दुई प्रदेशको सकारको नेतृत्व गर्ने भएका छन् ।

दुई दलका शीर्ष नेताबीच शनिबार भएको लिखित सहमतिमा एमालेले कोशी, बागमती र लुम्बिनी तथा नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

सहमतिमा एमालेबाट अध्यक्ष केपी ओली र नेकपाबाट संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us