एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित समझदारी

काठमाण्डु टुडे २०८३ साउन ९ गते १८:०९ मा प्रकाशित

काठमाण्डु– एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकारहश्रमा सहकार्य गर्ने भएका छन् ।

दुई दलबीच त्यसबारे शनिबार तीन बुँदे लिखित सहमतिमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा एमाले अध्यक्ष केपीओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार कोही, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछन् ।

मधेस र गण्डकी प्रदेशबारे भने निर्णय हुन बाँकी छ । सहमतिमा ती दुई प्रदेशमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँगको परामर्शमा सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने उल्लेख छ ।

पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका अवस्थालाई समाधान गर्दै जनचाहना अनुरुप राजनीतिक स्थिरता, सुशासन र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन दुई पार्टीबीच सहमति भएको दाबी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us