कुमार बेनको भारत भ्रमणबारे जानकारी छैनः परराष्ट्र मन्त्रालय

काठमाण्डु टुडे २०८३ साउन ८ गते १९:०९ मा प्रकाशित

काठमाण्डु– परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतक सल्लाहकार कुमार बेञ्जनकार (कुमार बेन) को भारत भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवं सह–सचिव लोकबहादुर पौडेल क्षेत्रीले बेनको भारत भ्रमणबारे परराष्ट्रलाई जानकारी नरहेको बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता पौडेललाई सञ्चारकर्मीले बेनको भ्रमणबारे सोधेका थिए ।

‘यस सम्बन्धमा मन्त्रालयलाई औपचारिक जानकारी छैन’, उनले भने ।

केही दिनअघि बेन रक्सौलबाट स्थलमार्ग हुँदै नयाँदिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेको समाचार आएका थिए ।

समाचारमा जनाइएअनुसार एक निकट पत्रकारको सहयोगमा बेन गत जुलाई पहिलो साता नयाँदिल्ली गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us