मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाण्डु टुडे २०८३ साउन ७ गते १४:२० मा प्रकाशित

काठमाण्डू, ७ साउन– बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।

पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–७ का मृगेन्द्रनाथ रिमाल रहेका छन् । रिमाल नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत हुन ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रिमाललाई काठमाण्डू महानगरपालिका– ७ सिफलबाट पक्राउ गरेको हो । रिमाललाई काठमाण्डू जिल्ला अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us