एजेन्सी– दिल्ली मेट्रोका १६ वटा स्टेशन बन्द गरिएपछि कक्रोच जनता पार्टी (सीजेपी)ले कडा प्रतिक्रिया जनाएको छ । स्टेशन बन्द गर्ने निर्णयबारे सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै सीजेपीले भनेको छ, ‘यसको अर्थ के हो रु मोदीजी, सिधै धर्मेन्द्र प्रधानलाई पदबाट हटाइदिनुहोस् र यो विषय यहीँ टुंग्याउनुहोस् ।’
सीजेपीले अर्को पोस्टमा भनेको छ, ‘मेट्रो स्टेशन बन्द गर्ने यो दैनिक नाटक किन ? जे गरे पनि मानिसहरू जन्तर–मन्तरमा आएर आन्दोलनमा सहभागी हुनेछन् ।’ नीट प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा जन्तर–मन्तरमा सीजेपीले सञ्चालन गरिरहेको आन्दोलन एक महिनाभन्दा बढी समयदेखि जारी छ ।
आन्दोलनलाई समर्थन गर्न हजारौँ युवा जन्तर–मन्तर पुगेका छन् । पछिल्ला तीन–चार दिनयता प्रदर्शनकारी युवा र प्रहरीबीच पटक–पटक झडपसमेत भएको छ ।