अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैनः शिक्षामन्त्री पोखरेल

काठमाण्डु टुडे २०८३ साउन ७ गते १३:०९ मा प्रकाशित

काठमाण्डू, ७ साउन– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागबन्डाको आधारमा नभइ मेरिटोक्रेसीबाट नियुक्ति हुने बताएका छन ।

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसको अवसरमा सम्बोधन गर्दै उनले हालैका नियुक्ति पनि मेरिटको आधारमा भएको शिक्षामन्त्री पोखरेलले बताएका छन । ‘विश्वविद्यालयमा एकै पटक खुला प्रतिस्पर्धाबाट चयन भएर आउनु भएको छ । जसले नयाँ ऊर्जा थपिएको महसुस भएको छ,’ उनले भने, ‘विश्वविद्यालयमा हने राजनीतिकरण चार वर्षमा अन्तय र भागबन्डमा होइन मेरिटोक्रेसीको निर्माण हुन्छ ।’

सरुवा बढुवामा कतैबाट दबाब नआउने मन्त्री पोखरेलको भनाइ छ । ‘राजनीतिक रूपमा कहाँ सरुवा, बढुवा र नियुक्ति गर्ने राजनीतिक दबाब आउँदैन । आएमा शिक्षा मन्त्रालयमा जानकारी गारउनु होला ।

हाम्रो पार्टीबाट वा अन्य पार्टीबाट,’ उनले भने । विश्वविद्यालयलाई स्वायत्त भएर काम गर्न उनले आग्रह गरे । साथै त्रिविको सम्पत्ति फिर्ता ल्याउन नेतृत्वलाई उनले निर्देशन दिए ।

त्रिविको सम्पत्ति फिर्ता ल्याउने प्रक्रियामा सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । उनले उच्च शिक्षामा सरकारले ५ वर्षको नीति भिजन र मिसनबारे विश्वविद्यालयको नेतृत्वसँग छलफल गरिरहेको पनि बताएका छन ।

विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पर्ने पनि उनले बताए । विदेशी विद्यार्थी ल्याउन र विदेशी ‘प्रोफेसर एक्सेन्ज’ कार्यक्रमलाई अगाडि बढाउने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us