काठमाण्डू, ६ साउन– शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरमा अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरिएको सीआईबीका प्रवक्तासमेत रहेका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन ।
शंकरलाल अग्रवाल यसअघि नै सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका थिए । सीआईबीले केही दिन हिरासतमा राखेर अनुसन्धान गरेका अग्रवाललाई सामान्य तारिखमा रिहा गरेको थियो ।