शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्‌मा पेस

काठमाण्डु टुडे २०८३ साउन ६ गते १६:२४ मा प्रकाशित

काठमाण्डू, ६ साउन– अर्थमन्त्री स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेका छन ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँगको परामर्शपछि उनले बुधबार मन्त्रिस्तरीय निर्णय गरेर हाललाई उक्त शुल्क खारेज गर्ने निर्णय गरेका हुन् ।

आर्थिक वर्ष ०८३–८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क १ साउनदेखि कार्यान्वयनमा आएको थियो । लागू भएको शुल्कका सन्दर्भमा जनगुनासो बढेपछि सरकारले उक्त शुल्क हटाउनेबारे छलफल थालेको थियो ।

यसै सन्दर्भमा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीबीच लामो परामर्श भएको थियो । त्यसपछि मंगलबार दिउँसो प्रधानमन्त्रीले सो शुल्क हटाउन प्रक्रिया थालिने घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us