काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
८७ वर्षको उमेरमा शुक्रबार निधन भएका पाण्डेप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले उनको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।
प्रचण्डले नेपालमा शान्ति प्रक्रिया, लोकतान्त्रिक गणतन्त्रको स्थापना, नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारको पक्षमा पाण्डेले पुर्याएको योगदान नेपाली इतिहासमा सधैं सम्मानपूर्वक स्मरणीय रहने उल्लेख गरेका छन् ।
उनले दिवंगत पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा उहाँप्रति सम्मान र स्नेह राख्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
नागरिक अगुवा तथा पूर्वमन्त्री पाण्डेको शुक्रबार ८७ वर्षको उमेरमा निधन भएको थियो ।