रौतहटमा प्रधानमन्त्री बालेनको पुतला जलाउँदै प्रदर्शन

काठमाण्डु टुडे २०८३ असार २५ गते १६:३४ मा प्रकाशित

काठमाण्डू, २५ असार– रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रर्दशन गरीएको छ । मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर आन्दोलनत पक्षले प्रधानमन्त्री बालेनको पुतला दहन गर्दै प्रर्दशन गरेका हुन ।

मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि व्यक्त गरेका हुन ।

प्रदर्शनकारीहरूले बिजुली–पानीको भुक्तानी गर, सम्मानित अदालतको आदेश पालन गर, मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर, मौलापुरलाई हाकिमविहीन बनाउनेहरू होसियार, मौलापुरमा हाकिम पठाउँ, मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन भन्नेलगायतका नारा लगाएका छन् ।

विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइनु उचित नरहेको उनीहरूको आग्रह छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us