रास्वपा सांसद भन्छन्ः मधेशमा लोडसेडिङ सुरु भयो

काठमाण्डु टुडे २०८३ असार २४ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, २४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशंकर यादवले मधेशमा लोडसेडिङ सुरु भएको बताएका छन ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद यादवले यस्तो बताएका हुन । उनले भने, ‘म भर्खर आज १० बजे मधेशबाट काठमाण्डू आएको छु ।

र मधेशका जनताहरूले आज फेरि पनि एक चोटी लोडसेडिङ भएको महसुस गरिरहेको अवस्था छ ।’ मधेश प्रदेशमा पटक–पटक बत्ती जाने समस्या रहेको दोहोर्‍याउँदै उनले यसमा सरकारको ध्यानाकर्षण समेत गराएका छन । उनले भने, ‘मेरो जिल्लाको सिराहा जिल्लामा २८ ठाउँमा ट्रान्फर्मरको आवश्यकता छ ।

त्यो ट्रान्फर्मर प्रतिस्थापन भएको छैन र बत्ती गइराखेको अवस्था छ’,उनले भने, ‘के सरकारले ट्रान्फर्मर किन्न छैन कि बजेट छैन रु त्यो सदनलाई जानकारी दिनुपर्‍यो । र बत्ती जाने जुन समस्या छ त्यो समाधान गर्नुपर्‍यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us