चितवनमा जंगली हात्तीको आक्रमण : घरमै सुतिरहेका आमा–छोराको मृत्यु

काठमाण्डु टुडे २०८३ असार २१ गते ९:२४ मा प्रकाशित

चितवन- चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी आमा–छोराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला जंगली हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको हो ।

हात्ती धपाउने क्रममा आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी यादवले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us